Logo

८ वर्षीय रायन सर्वाधिक कमाई गर्ने युट्युबर बन्न सफल



Spread the love

युट्युबमा खेलौनाहरुको रिभ्यू गर्ने एक ८ वर्षे बालक सन् २०१९ मा युट्युबबाट सबैभन्दा बढि पैसा कमाउने व्यक्ति बन्न सफल भएका छन्।

२ करोड २९ लाख सब्सक्राइबर रहेको आफ्नै रायन्स वर्ल्ड च्यानलमा रायन कजीले यसै वर्ष २ करोड ६० लाख अमेरिकी डलर कमाएपछि उनलाई फोव्र्सले सबैभन्दा बढि कमाउने युट्युबर घोषणा गरेको हो।

यसअघि सन् २०१८ मा पनि ४० लाख डलर कमाएर उनी नै सबैभन्दा बढि कमाउने युट्युबर बनेका थिए। फोर्ब्सकाे अनुसार युट्युबबाट सबैभन्दा बढि कमाउने १० जनाले १ जुन २०१८ देखि १ जुन २०१९ को बीचमैं १६ करोड ६२ लाख अमेरिकी डलर कमाएको छ।

प्रतिक्रिया दिनुहोस्