Logo

ए डिभिजन लिगमा च्यासल र मछिन्द्रबिचको खेल बराबरीमा टुङ्गियो



Spread the love

४ पुस, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको पहिलो खेलमा च्यासल युवा क्लब र मछिन्द्र क्लबको खेल बराबरीमा टुंगिएको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।

खेलको २७ मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासल युथ क्लबलाई अग्रता दिलाए । निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा मछिन्द्रले बराबरी गोल फर्कायो ‌। विशाल राईको पासमा देवेन्द्र तामाङले पेनाल्टी क्षेत्रभित्र अनमार्क हुँदा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

यससँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । दुवै टोलीले पहिलो खेलमा जित दर्ता गरेका थिए । मछिन्द्रको ३ अंक र च्यासलको ४ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्