Logo

सामाजीक कथा बस्तु बोकेको चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक



Spread the love

सामाजीक कथा बस्तु बोकेको चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । एक बालिकाको बलात्कारपछिको हत्या र त्यसपछि उत्पन्न भएको परिस्थितीको कथामा यो चलचित्र बनेको छ ।

यो चलचित्रको निर्माण निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाक्रमसँग जोडिएको छ । निर्देशक तथा लेखक शिवम अधिकारीले चलचित्र ‘कोपिला’ हाम्रै गाउँ समाजमा घट्ने घट्नामा आधारित रहेको बताए ।

 

चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीले यस अघी निर्माण गरेको ‘पञ्चायत’ जस्तै ‘कोपिला’ पनि सामाजिक कथा बस्तुमा आधिरित रहेको बताए ।

चलचित्रमा सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, गणेश गिरी, अस्मिता जुरेली, सञ्जिवनी खरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा दीपक शमौले संगीत भरेका छन् । मनिराज गौतमले निर्माण गरेका छन्  । रामेश्वर कार्कीद्वारा छायांकन भएको चलचित्रलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/UZgl3cMU3RA

प्रतिक्रिया दिनुहोस्