Logo

विदा मनाउन अमेरिका पुगेका अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा क्षमा याचना



Spread the love

५ पुस, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले देशमा डढेलोको प्रकोप बढेको बेला आफू विदा मनाउन अमेरिका गएकोमा क्षमा मागेका छन् । डढेलो लाग्दा देशमा प्रमुख सहरको तापक्रम वृद्धि भएर अहिलेसम्मकै उच्च मापन गरिएको छ ।

अमेरिकामा विदा मनाउन गएका प्रधानमन्त्री मरिसनले आफ्नो विदा छिटो सकाएर फर्किने बताए । प्रधानमन्त्री मरिसन अघोषित विदामा अमेरिकाको हवाइमा पारिवारिक भ्रमणमा रहेका छन् । प्रमुख सहरहरु देशमा डढेलो प्रकोपको बेला प्रधानमन्त्री मरिसनको आलोचना भइरहँदा उनले क्षमा मागेको हो ।

डढेलोले आठ जनाको मृत्यु र कम्तिमा सातसय घर पूर्णरुपमा नष्ट भएको बीबीसीले जनाएको छ । सिड्नी नजिकको डढेलो नियन्त्रणका लागि खटाइएका दुईजना अग्नि नियन्त्रकको सडक दुर्घटनामा बिहीबार मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्