Logo

कोल्सावालाको अर्धशतकमा काठमाडौं गोल्डेन्सले दियो विराटनगरलाई १६० रनको लक्ष्य



Spread the love

५ पुस, पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सले विराटनगर टाइटन्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ सुरु गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५९ रन बनायो ।

ओपनर जयकिशन कोल्सावालाले ५५ रनको अर्ध शतक बनाएका थिए । पुनित मेहराको १५ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने क्रममा उनी साहव आलमबाट क्याच आउट हुनु पुगेका थिए । जयकिशनले ४३ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे । जयकिशन र कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

ओपनर गौरव तोमरलाई शून्य आउट भए । छैटौं ओभरको अन्तिम बलमा नोमन खानले अमित श्रेष्ठलाई १७ रनमा बोल्ड आउट गरे । अन्तिम ओभरको पहिलो बलमा सुवोध भाटीलाई जितेन्द्र मुखियाले नोमनबाट १४ रनमा क्याच आउट गराए । आदिल खान १३ र पवन सरार्फ ५ रनमा अविजित रहे ।

विराटनगरका लागि किशोर महतोले ३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर १ विकेट लिए । भारतीय स्पिनर पुनित मेहराले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । नोमन खान र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्