Logo

ए डिभिजन लिग: ड्याडीको गोलमा जावलाखेलको पहिलो जित



Spread the love

५ पुस, काठमाडौं । जावलाखेल युवा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ मा पहिलो जित निकालेको छ ।शनिबार एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १-० ले पराजित गरेको हो ।

खेलको दशौं मिनेटमा ड्याडी जुनियर वाम्वाले गरेको गाेलनै जावलाखेलको जितमा निर्णायक बन्यो । विदेशी सहकर्मी फाेडे फाेफानाले दुई डिफेन्डरलाई बिट गर्दै दिएकाे पासमा वाम्बाको पहिलाे प्रयास असफल भएपनि दाेस्राे प्रयासमा उनले लड्दै गाेल गर्न सफल भएका थिए ।

यस जितसँगै जावलाखेल लिगको शीर्षस्थानमा रहेको च्यासलसँग अंक बराबरी गर्न सफल भएको छ । जावलाखेल र च्यासलको समान ४-४ अंक छ । अंकविहिन सरस्वती अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्