Logo

‘साढे ७’को ट्रेलर सार्वजनिक



Spread the love

चलचित्र ‘साढे ७’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा गायक सत्यराज आचार्यले फोटो पत्रकारको भूमिका  निर्वाह गरेका छन्। ट्रेलरमा सत्यराज, मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल फिचारीङ छन्।

 फिल्म ‘साढे ७’मा २०७२ सालमा भारतले गरेको नाकाबन्दी पछि नेपालमा परेको समस्यालाई देखाउन खोजिएको छ।सुनिल थापाको प्रस्तुति रहेको फिल्मलाई  सत्यस्वरुप इन्टरटेन्टमेन्ट ब्याल्क पेपर स्टुडियो माउरी इन्टरटेन्टमेन्ट एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्ममा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेश देव पन्त, डिजे सन्तोष र साम्तेम भुटियाको संयुत्त लगानी रहेको छ।

फिल्ममा सत्य-स्वरुपको संगीत र अनिस तामाङको छायाँकन छ । फिल्मका प्रस्तुतकर्ता चर्चित कलाकार सुनिल थापा हुन् । मंसिर १५ गतेदेखि प्रर्दशनको तयारीमा रहेको चलचित्रलाई साम्तेन भुटियाले निर्दशन गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/Uv0cX5M1yAE

प्रतिक्रिया दिनुहोस्