Logo

युभेन्टसलाई पराजित गर्दै लाजियोले जित्यो सुपर कपको उपाधि



Spread the love

७ पुस, काठमाडौं । इटालियन महारथी युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि हात पारेको छ । लाजियोले युभेन्टसलाई ३–१ ले पराजित गर्दै सुपर कपको उपाधि हात पार्न सफल भएको हो ।

साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा आइतबार राति भएको खेलमा लाजियोको लागि लुइस अल्वेर्टाे, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरेक थिए । युभेन्टसका पाउलो डिबालाले गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलको ९० औं मिनेटमा रोड्रिगोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स अन्तिम समय १० खेलाडीमा समेटिएको थियो। हारसँगै युभेन्ट्ससँग लाजिओ दोस्रोपटक पराजित भएको हो। यस सिजनको सिरी ए लिगमा समेत युभेन्ट्स लाजिओसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्