Logo

स्पेनिस ला लिगा: अभागी रियल एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकियो



Spread the love

७ पुस, काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार रियल म्याड्रिड एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएपछि लिगको शीर्षस्थानमा अंक बराबरी गर्नबाट बन्चित भएको छ ।

सन् २०१९ को अन्तिम लिग खेलमा रियलले घरेलु मैदानमा गोल गर्न नसक्दा अभागी सावित भएको हो । रियलका तीन खेलाडीको प्रहार पोस्टमा लागेर फर्कंदा रियलले लगातार दोस्रो गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । त्यसो त बिल्बाओले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा जितबाट बन्चित भएको हो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले बुधबार एल क्लासिकोमा बराबरी खेलेको टोलीबाट निकै परिवर्तन गरेका थिए । यससँगै रियलले पुन: एकपटक लिगको शीर्षस्थानमा रहेको बार्सिलोनासँग अंक बराबर गर्ने अवसर गुमाएको छ ।

बार्सिलोनाको १८ खेलमा ३९ अंक छ भने रियलको समान खेलमा ३७ अंक छ । तेस्रो स्थानको सेभिल्लाको ३४ र एटलेटिको म्याड्रिडको ३२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्