Logo

सावित्राको ह्याट्रिकसँगै एपिएफ पुग्यो प्रधानसेनापति महिला फुटबलको फाइनलमा



Spread the love

७ पुस, काठमाडौं। नेपाल एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । भद्रकालीस्थित नेपाल आर्मीको खेल मैदानमा सोमबार बिहान भएको खेलमा पुलिसलाई अतिरिक्त समयमा ५–२ ले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। लगातार छैटौ पटक एपीएफ फाइनलमा पुग्न सफल भएको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले ३ गोल गर्दै उपाधि नजिक पुगेको हो ।

एपीएफकी सावित्रा भण्डारी ‘साम्वा’ ले ह्याट्रिक तथा र अनिता बस्नेत र वैकल्पिक खेलाडी रेखा पौडेलले गोल गरिन् । पुलिसकी निशा सुनुवार र कप्तान घिम कुमारी गुरुङले गोल फर्काइन् ।

एपीएफले अब उपाधिका लागि बुधबार आर्मी र भुटानबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र भुटानबीचको खेल आजै दिउँसो २ बजेपछि भद्रकालीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्