Logo

शाकाहारीहरुको लागि यो शहरको व्यवहार धेरै नै पीडादायी!



Spread the love

काठमाडौंमा मांसाहारीहरुको तुलनामा अवश्य पनि शाकाहारीहरुले धेरै नै पीडा भोग्नुपर्ने हुन्छ । शाकाहारीहरुको पनि विभिन्न प्रकार हुने गर्छ । कोही अण्डा खाने शाकाहारी हुन्छन् । कोही माछासम्म पनि खाने खालका शाकाहारी हुन्छन् । कोही माछा मासु र अण्डा समेत नखाने शाकाहारी हुन्छन् । शाकाहारीहरुको लागि यो शहरको व्यवहार धेरै पीडादायी हुने गर्छ । यस्ता समस्या भोग्न बाध्य हुन्छन काठमाडौंमा शाकाहारीहरु
मनोवैज्ञानिक दबाब
शाकाहारीहरुको लागि केही निश्चित प्रश्नहरु हुन्छन् । कहिलेदेखि मासु खान छाडेको ?धार्मिक भावनाले शाकाहार बनेको कि किन बनेको ? यस्ता प्रश्नहरुको बनावटी भएपनि उत्तर दिनु शाकाहारीहरुको लागि हरेक नयाँ मान्छे भेट्दाको कर्तव्य नै बन्न आउँछ । यो केवल प्रश्न मात्रै होइन मनोवैज्ञानिक दबाब पनि हो । धेरै मानिसहरु आफ्नो स्वास्थ्यको कारण शाकाहारी बन्ने गर्छन् । कोही कोही पशुहरुको मायाको कारणले पनि शाकाहारी बन्ने गर्छन् भने कोही धार्मिक भावनाका कारण पनि शाकाहारी बन्ने गर्छन् । धार्मिक भावना भित्र पनि एकाध सम्प्रदायका मानिसहरु मात्रै शाकाहारी बन्ने गरेका हुन्छन् । स्वास्थ्यको कारणले मासु छाडेकाहरुको लागिभन्दा पशुहरुको मायाको कारणले मासु खान छाडेको र धार्मिक कारणले मासु खान छाडेकाहरुको लागि भने फेरि अर्काे थप प्रश्नहरुको वर्षा हुने गर्छ । त्यसैले शाकाहारीहरुले अनेकथरीका मनोवैज्ञानिक दबाबहरु भोग्नुपर्ने हुन्छ ।
व्यवहारिक झण्झट
शाकाहारीहरुलाई मम, चाउमिन जस्ता खाजाहरु खानुपर्‍यो भने काठमाडौंमा सीमित मात्रै ठाउँहरु पाउन सकिन्छ । धेरै ब्राण्डेड ठाउँहरुमा शाकाहारीहरुको लागि यस्ता खाजाहरु पाउनै मुस्किल छ । यसरी शाकाहारीहरुले व्यवहारिक रुपमा पनि धेरै पीडा भोग्नुपर्ने हुन्छ ।
पौष्टिकताको झण्झट
मासुबाट पाउने पौष्टिकता पूर्ति गर्नको लागि हामीले विभिन्न किसिमका पौष्टिक खानाहरुको जोहो गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मासु एउटैबाट पाउने पौष्टिकताको लागि पनि धेरै खानेकुराहरु खानुपर्ने बाध्यता पनि शाकाहारीहरुले भोग्नुपर्छ ।
शाकाहारी खानाका फाइदाहरु
विभिन्न विषयमा यसको नोक्सानी भएपनि यसका फाइदाहरु समेत यावत पाउन सकिन्छ । शाकाहारहरुको शरीर पनि मांसाहार मानिसको भन्दा धेरै हलुका र फूर्तिलो हुन्छ । यो शाकाहारी हुँदाको फाइदा हो । धार्मिक मान्यतालाई मान्ने हो भने शाकाहार मानिसहरुमा विशेषगरी सात्विक गुण बढी हुने गर्छ । जसका कारण ती मानिसहरुको व्यवहार लचिलो र नरम हुने गरेको समेत विभिन्न अध्ययनहरुले देखाएको छ । शाकाहारी भोजनले मस्तिस्कलाई सचेत राख्दै यसले मानिसलाई बुद्धिमान बनाउन समेत मद्धत गर्छ । शाकाहारीहरुमा प्रोटिन कार्बाेहाइड्रेड र चिल्लो पदार्थका साथ साथ अरु पनि आवश्यक तत्वहरु पाउने गरिन्छ । जसमा भिटामिन, एन्टिअक्सिडेन्ट, अमिनो जस्ता तत्वहरु धेरै पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्