Logo

बाबर र मुस्तफाको अर्धशतकमा चितवनले दियो काठमाडौं गोल्डेनलाई १६८ रनको लक्ष्य



Spread the love

८ पुस, पोखरा । चितवन राइनोजले पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ। पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर काठमाडौंले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरा २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १ सय ६७ रन बनाएको हो।

चितवनका लागि ओपनिङमा ब्याटिङ गर्न आएका रोहन मुस्तफाले ५२ बलमा अविजित ५९ रन बनाए भने करण केसीले ६ बल खेलेर १ रन मात्रै जोडे । बाबर हयातले ४७ बलको सामना गर्दै ७० रन बनाए। उनले मुस्तफासँग १ सय १९ रनको साझेदारी गरेका थिए। आरिफ शेखले ९ बलको सामना गर्दै १५ रन बनाउँदा सन्नी पटेलले ८ बलमा अविजित रहँदै १५ रन जोडे ।

काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले एक–एक विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्