Logo

सरकारबाट बाहिरिने मनस्थितिमा समाजवादी पार्टी



Spread the love

८ पुस, काठमाडौँ । समाजवादी पार्टी सरकार छाड्ने मनस्थितिमा पुगेको छ । उसले तात्कालै निर्णय गरेर सरकार छाडने जनाएको हो ।

समाजवादी पार्टीका सह महासचिव प्रकाश अधिकारीले संविधान संशोधनको मुद्दालाई लिएर सरकारमा गए पनि संशोधनको मुद्दा सम्बोधन नहुने देखेपछि सरकार छाड्ने मनस्थितिमा पुगेको जानकारी दिएका छन् ।

उनले आजै वा भोलिसम्ममा सरकारबाट बाहिरिने निर्णय हुने खुलाए । निर्णय लगत्तै सरकारमा सहभागी समाजवादी पार्टीका मन्त्रीले राजिनामा गर्नेछन् ।

संघीय समाजवादी पार्टीको नेतृत्व गर्दै अध्यक्ष उपेन्द्र यादब उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका छन् । त्यसैगरी, मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्रालयको जिम्मेवारीमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्