Logo

हर्षको अर्धशतकमा बुटवलले दियो विराटनगरलाई १३४ रनको लक्ष्य



Spread the love

९ पुस, पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा लिग चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सविरुद्ध बुटवल ब्लास्टरले १ सय ३४ रनको लक्ष्य बनाएको छ। टस हारेर ब्याटिङ थालेको बुटवलले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय ३३ रन बनाएको हो।

सुरुवाती ओपनर अफ्ताबुद्धिन अहमद पहिलो बलमा नै क्याच आउट भए। अर्का ओपनर शंकर राना १४ बलको सामना गर्दै २ रन बनाएर आउट भएका थिए । त्यस्तै हर्ष टन्कले ४४ बलमा ६७ रन बनाए भने भिम सार्कीले ५ रन बनाउदै आउट भए। सिद्धान्त लोहनी २१ बलमा ११ रन बनाउँदा मोहम्मद जायद आलमको बलमा बोल्डआउट भए। रविन्द्र शाही २ बल खेलेर शून्यमै आउट भए। शिवम सिंह २६ बलमा ३७ रन बनाएर आउट भए।

विराटनगरका लागि मोहम्मद जायद आलमले चार, किशोर महतोले दुई साथै साहब आलम र दिपेश श्रेष्ठले एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्