Logo

सहिद स्मारक ए डिभजन लिग: फ्रेन्ड्स क्लबविरुद्ध मछिन्द्रको दास्रो जित



Spread the love

९ पुस, काठमाडौं । मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभजन लिगमा दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको हो।

दुई विदेशी खेलाडी पिटर सेगुन, एडेलाजा सोमिडे र रेजिन सुब्बाको गोलमा मछिन्द्रले सहज जित निकालेको हो ।

मछिन्द्रले अघिल्ला २ खेलमा १ जित र १ बराबरी निकालेको छ । गत वर्ष लिग अंक तालिकाको पुछारबाट दोस्रोमा रहेका कारण यसपटकको लिगबाट १ अंक घट्ने भएकाले मछिन्द्रको खातामा ६ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्