Logo

प्रधानमन्त्री ओली भन्छन् ,’मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति आवश्यक’



Spread the love

९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागि भएका प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नु पर्ने बताए ।

राजनीतिक संक्रमणकाल पार गरे पछि नेपाल विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौं भन्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय सहितको समानता, विकास र सुशासन संकल्प भएको बताएका थियो ।

प्रधानमन्त्री ओली भन्छन् , ‘समृद्ध नेपाल सुखीको राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरूले सक्षम जनशक्ति तयार गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्