Logo

धमलाको अर्धशतकमा विराटनगरले दियो बुटवलाई १६६ रनको लक्ष्य



Spread the love

१० पुस, काठमाडौं । दोस्रो सस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत इलिमिनेटरमा विराटनगर टाइटान्सले बुटवल बलास्टर्सलाई १६६ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेटको नोक्सानीमा १६५ रन बनाएको हो । विराटनगरका लागि सुनीलले अर्धशतकीय पारी खेले । ५४ बलको सामना गर्दै उनले ६ चौका र २ छक्काको मदतमा ६१ रन बनाए ।

त्यस्तै कप्तान प्रदीप ऐरीले ३३ रन बनाउँदा पुनित मेहेरा र लोकेश भामले समान १९–१९ रन जोडेका थिए । विराटनगरका लागि ओपनरमा आएका मोहमद जहिद आलमले २० रन बनाउँन बाहेक अन्य ब्यट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ बुटवलका लागि हर्ष टङले दुई विकेट लिए । त्यस्तै ललित भण्डारी र अविनाश बोहोराले एक–एक विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्