Logo

आफ्नो सोलमेटको पहिचान कसरी गर्ने ?



Spread the love

तपाईको जीवनमा सोलमेट (प्रेमी/प्रेमिका) श्रीमान् अथवा ब्वाईफ्रेन्ड नै हुनुपर्छ भन्ने छैन । तपाईंंको सोलमेट जोपनि हुन सक्छ । जोसँग तपाईंं शारीरिक, मानसिक र भावनात्मक रुपले कनेक्टेड हुनुहुन्छ । जसले तपाईलाई प्रेरणा दिन्छ साहरा दिन्छ र उ हरेक समय तपाईंंको दिमागमा हुन्छ । आफ्नो सोलमेटको पहिचान कसरी गर्ने ?
उसँग सम्पर्कमा आउनासाथ तपाईंंको मनलाई शान्तिको अनुभव हुन्छ । तपाईंं खुशी रहनु हुन्छ । उसको उपस्थितिले तपाईंंको मनको छटपट कम हुन्छ र हरेक कामलाई खुशीसाथ गर्न मनलाग्छ भने ऊ नै तपाईंको सोलमेट हो भन्ने कुरा बुझ्नु पर्छ ।
लामो समयदेखि एक-अर्कासँग परिचित भएको अनुभव हुनु
जब तपाईंंको पहिलो पटक उसँग भेट हुँदा पनि उ अपरिचित लाग्दैन ।आफ्ना हरेक कुरा उसँग सेयर गर्न सक्छु जस्तो लाग्छ । यस्तो फिलिङ्स आफ्नो सोलमेटसँग भेट्दा मात्र आउँछ ।
हृदयबाटै आउँछ आवाज
तपाईंंको उमेर जति भए पनि अथवा जति व्यक्तिप्रति तपाईंंको आकर्षण रहिसकेको भएता पनि, तपाईंं विवाहित भए तापनि जिन्दगीमा एउटा त्यस्ता मोड आउँछ । जब तपाईंंलाई कसैसँग भेटेपछि यो व्यक्ति त्यही हो, जसको मलाई लामो समयदेखि पर्खाई थियो भन्ने अनुभव हुन्छ ।
सामर्थ्य बढ्छ
कुनै व्यक्ति जो नजिक हुँदा नै तपाईंंले आफू भित्र उर्जा, सकारात्मकता तथा साहस महसुस गर्नुहुन्छ । कुनै व्यक्ति जो अँध्यारोकोबीच प्रकाशको रुपमा तपाईंंसँग हुन्छन् । तिनै व्यक्ति तपाईंंका सोलमेट हुन् ।

प्रतिक्रिया दिनुहोस्