Logo

ए डिभिजन लिग : आर्मीको सामना गर्दै हिमालयन शेर्पा



Spread the love

११ पुस, काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज विभागीय क्लब त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लब आमने सामने हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्लेक्समा खेल केहीबेरमा सुरु हुनेछ ।

यसअघिका दुईमध्ये १ खेलमा जित र १ खेलमा पराजय भोगेको आर्मी उपाधि यात्रालाई मतबुत बनाउन विजय लक्ष्यलाई निरन्तरता दिने योजनामा छ । यता सुखद नतिजा ल्याइरहेको शेर्पा ३ महत्वपूर्ण अंक आफ्नो पक्षमा पार्न चाहन्छ ।

लिगको दोस्रो खेल अन्तर्गत दिउँसो ३ बजे दशरथ रंगशालामा विभागीय क्लब नेपाल पुलिस र सरस्वती युथबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्