Logo

प्रिमियर लिगमा फिर्मिनोको दुई गोलसँगै लेस्टर पराजित



Spread the love

११ पुस, काठमाडौं । लिभरपुललले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीमाथि सानदार जित हात पारेको छ । लिभरपुलले यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टर सिटीलाई उसकै मैदानमा ४–० को नमिठो हार चखाएको हो ।

किङ पावर स्टेडियममा लिभरपुलको सानदार जितमा फिर्मिनोको दुई गोलसँगै जेम्स मिल्नर एलेक्सजेन्डर अर्नाेल्डले गोल गरे ।प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा लिभरपुलले १ गोल मात्र गर्न सफल हुदा दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो ।

जितसँगै लिभपुलले शीर्षस्थानमा बलियो पकड बनाएको छ । अपराजित रहेको लिभरपुलको १८ खेलबाट ५२ अंक पुगेको छ । लेस्टरको १९ खेलबाट ३९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्