Logo

इंग्लिस प्रिमियर लिग: केन र अलीको गोलमा टोटेनहम विजयी



Spread the love

११ पुस, काठमाडौं । टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटकलमा जित निकालेको छ । घरेलु मैदानमा टोटेनहमले ब्राइटनमाथि २–१ को पूनरागमन जित हात पारेको हो ।

टोटेनहम हस्टपर स्टेडियममा भएको खेलमा टोटेनहम खेलको ३७औं मिनेटमा पछि परेको थियो । ब्राइटनका एडम वेब्सटेरले गोल गरेका थिए ।

५३औं मिनेटमा सर्जी औरियरको पासमा कप्तान केनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काए । ७२औं मिनेटमा औरियसकै पासमा डेल अलीले गोल गर्दै टोटेनहमलाई २–१ पूनरागमन जित दिलाए ।

जितसँगै टोटेनहम १९ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित ब्राइटन २० अंकसहित १५औं स्थानमा छ ।प्रिमियर लिगकै अर्काे खेलमा लन्डन क्लब आर्सनल बर्नमाउथसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्