Logo

बीबीएल: सन्दीप सम्मिलित मेलबर्नले एडिलेइडसँग प्रतिस्पर्धा गर्दै



Spread the love

११ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटअन्तर्गत शुक्रबार लिगको तेस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४० बजे हुनेछ ।

मेलबर्न हालसम्म अपराजित छ । मेलबर्नले अघिल्ला दुई खेलमा ब्रिसबेन हिट र होबर्ट हुरिकान्सलाई सहजै पराजित गरेको थियो । मेलबर्नले खेलेका दुई खेलमा प्लेईङ सेटमा पेरका सन्दीप आजको खेलमा पनि खेल्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्