Logo

ए डिभिजन लिग: शेर्पाको अपराजित यात्रामा पूर्णविराम



Spread the love

११ पुस, काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । तेस्रो चरणको खेलमा आज हिमालयन शेर्पा क्लबमाथि २–० को जित निकाल्दै आर्मी विजयी भएको हो । आर्मीको जितमा कप्तान भरत र टेकले गोल गरेका थिए ।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा आर्मीले दुवै गोल दोस्रो हाफमा गरेको हो । आर्मीको जितसँगै हिमालयन शेर्पाको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिग तालिकामा अब आर्मीको ७ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्