Logo

‘ए’ डिभिजन लिगमा रुस्लान थ्री स्टार र एपीएफ भिड्दै



Spread the love

१२ पुस, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो राउन्डको अन्तिम खेलमा आज रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल एपीएफ फुटबल टोलि आमने सामने हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो ३ बजेपछि हुनेछ ।

युवा खेलाडीको बाहुल्यता रहेको थ्री स्टार र एपीएफबीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । अघिल्लो वर्ष थ्री स्टारले तेस्रो स्थान हासिल गर्दाका प्राय खेलाडीले क्लब छाडेपछि थ्री स्टारले युवा खेलाडीलाई विश्वास गर्दै लिगको टोली तयार पारेको छ ।

थ्री स्टार लिगमा दोस्रो जितको खोजीमा हुनेछ । यता, लिगमा औसत प्रदर्शन गरिरहेको एपीएफ पहिलो जितको खोजीमा हुने छ ।

उपाधि यात्रालाई जीवितै राख्न पनि थ्री स्टारलाई निश्चित जितको खाँचो छ । थ्री स्टार २ खेलबाट ४ अंक जोडेर छैटौ स्थानमा रहेको छ । एपीएफ १ अंकसहित १२औं स्थानमा छ । एक खेल कम खेलेको थ्री स्टार शीर्षस्थानको मनाङभन्दा ५ अंकले पछि छ ।

प्रतिक्रिया दिनुहोस्