Logo

प्रिमियर लिग: वल्भ्ससँग पराजित भएसँगै साविक विजेता सिटीको उपाधि यात्रा थप कमजोर



Spread the love

१२ पुस, काठमाडौं । शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा वल्भ्ससँग पराजित भएको छ । १० खेलाडीमा समेटिएको सिटी वल्भ्ससँग उसकै मैदानमा ३–२ ले पराजित भएको हो ।

वेस्ट मिडल्यान्डमा शुक्रबार राति भएको खेलमा वल्भ्सको जितमा एडमा ट्राओरे, राहुल जिमिनेज र माट दोहर्थीले गोल गरे । सिटीका रहिम स्ट्रलिङले गरेको दुवै गोल सान्त्वना बन्यो ।

खेलको १२औं मिनेटमा नै सिटीका गोलरक्षक इडर्सन मोरेस रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सिटी समस्यामा परेको थियो । डिएगो जोटालाई वान भर्सेस वानको अवस्थामा पेनाल्टी बक्स बाहिर आएर फल गरेपछि रेफ्रीले इडर्सनलाई सिधै रातो कार्ड देखाएको थियो । उसका लागि २५ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गर्दै सुरुवाति अग्रता दिलाए । रहीमले नै ५० औँ मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाए । तर वुल्भ्सका लागि ५५ औँ मिनेटमा ट्राओरीले पहिलो गोल गरे ।

८२ औँ मिनेटमा जिमेनेजले गोल गर्दै वुल्भ्सलाई २–२ को बराबरीमा ल्याए । यस्तै ८९ औँ मिनेटमा डोहर्टीले गोल गरेपछि वुल्भ्स ३–२ ले विजयी भयो ।

जितपछि वल्भ्स १९ खेलबाट ३० अंक जोडेर पाँचौ स्थानमा उक्लन सफल भएको छ । पराजित सिटीले भने दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । सिटीको उपाधि यात्रा थप कमजोर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्