Logo

पिपिएल: उपाधिका लागि चितवनद्वारा विराटनगरसामु २०३ रनको लक्ष्य प्रस्तुत



Spread the love

१२ पुस, पोखरा । अनिल कुमार साह र रोहन मुस्ताफाको अर्धशतकमा चितवन राइनोजले पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा विराटनगर टाइटन्सलाई २०३ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा २०३ रनको लक्ष्य दिएको हो ।

चितवनका लागि अनिल साहसँगै मुस्ताफाले अर्धशतक बनाए । ओपनिङमा आएका मुस्ताफाले ४३ बलको सामना गर्दै ५० रन बनाए । कप्तान पारस ११ बलमा २५ रन बनाएर पवेलियन फर्किए ।

त्यसपश्चात क्रिजमा आएका बाबर हायत ५ रनमा आउट हुँदा मुस्ताफासँग अनिल शाहले उत्कृष्ट साझेदारी गरे । ३४ बलमा अनिलले ५० रनको योगदान दिए । यस्तै आरीफ शेख १९ रन आउट भए । सन्नी पटेलले १६ र करण केसीले २६ रन बनाए ।

विराटनगरका लागि जाइद खान र पुनित मेहराले २ –२ विकेट लिए । किशोर महतोको नाममा १ विकेट रह्यो । विराटनगर जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्