Logo

ए डिभिजन लिग: मच्छिन्द्र र एनआरटी आमने सामने हुँदा मनाङलाई भने फ्रेन्ड्सको डर



Spread the love

१४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदैछ। सातदोबोटास्थित एन्फा कम्प्लेक्समा सुरु हुने चौथो चरणका खेल अन्तर्गत पहिलो खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम एनआरटी भिड्दै छन्।

जारी लिगमा मच्छिन्द्रले ३ मध्ये २ खेलमा जित निकाल्दै ६ अंक जोडेर तेस्रो स्थानमा छ भने एनआरटी २ मा जित निकाल्दा एउटामा पराजित हुँदै छैटौं स्थानमा छ।

नयाँ सिजन जारी रहँदा मनाङ पुरानै लयमा अघि बढेको छ । फ्रेन्ड्स जितविहीन छ । मनाङ लिगको पहिलो स्थानमा रहँदा फ्रेन्ड्स १३ औं स्थानमा छ । यही दुई टोलीबीच सोमबार (आज) लिगको चौथो राउन्डमा प्रतिस्पर्धा हुदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।

मनाङ अघिल्लो वर्षको नमिठो हारको बदा लिने लक्ष्यमा मैदानमा उत्रनेछ । फ्रेन्ड्स सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । अघिल्लो वर्ष लिग जित्दाका खेलाडीहरु टोलीमा नरहेपनि मनाङले नतिजा आफ्नो पक्षमा पारिरहेको छ । फ्रेन्ड्सविरुद्ध समेत मनाङ सोहि रणनीतिका साथ मैदान उत्रदैछ ।

प्रतिक्रिया दिनुहोस्