Logo

प्रिमियर लिगमा शेफिल्डमाथि सिटीको सहज जित



Spread the love

१४ पुस, काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा घरेलु टोली सिटीले शेफिल्ड युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको हो।

सिटीको जितमा सर्जियो अगुएरो र केभिन डे ब्रुयनले गोल गरेका थिए । खेलको ५२औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए। खेलको ८२औं मिनेटमा केभिनले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाए । बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा सिटी २ – ० ले विजयी भयो ।

यो जितसँगै लिगको तेस्रो स्थानमा रहेको सिटीले २० खेलबाट ४१ अंक बनाएको छ। पराजित शेफिल्डको भने २० खेलबाट २९ अंक छ।

प्रतिक्रिया दिनुहोस्