Logo

जनवरी १ मा भ्रमण वर्ष २०२० उद्घाटन गरिँदै, २४ हजारलाई निम्तो पठाइयो



Spread the love

१४ पुस, काठमाडौं । भिजिट नेपाल २०२० उद्घाटन भव्य तरिकाले हुने भएको छ । जनवरी १ का दिन त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सरकारले ५ करोड बढी रकम खर्चेर भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्न लागेको हो ।

अधिकतम २० लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको सरकारले भ्रमण वर्ष उद्घाटन समारोहका लागि मात्र कुल ५ करोड ३ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ ।

कार्यक्रममा विविध सांस्कृतिक झाँकी प्रदर्शनसहित नेपाली कला, संस्कृति, भेषभूषा बाजागाजा, नित्यसँगै वृहद् साङ्ले मार्चपास गरिने छ । साथै उत्त्साहपूर्ण कार्यक्रमका लागि ड्रोन मार्फत आकाशमा राष्ट्रिय झण्डा सहित भ्रमण वर्षको लोगो प्रर्दशन गरिने छ । यस्तै नेपाली सेनाको हेलिकटर मार्फत पनि राष्ट्रिय झण्डा र भ्रमण वर्षको ब्यान सहित पुष्पबृष्टि गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा सहभागिताका लागि स्वदेशी तथा विदेशी पाहुनासहित विशिष्ट व्यक्तित्वहरुका लागि करिब २४ हजारलाई निमन्त्रणा कार्ड पठाइएको सचिवालय सचिव बच्चुराम श्रेष्ठले जानकारी दिएका छन् ।

स्वदेशी सरकारी तथा गैरसरकारनी संघसंस्था, मन्त्रालय, विभाग लगायत विदेशी राजदूत, मन्त्री तथा विशिष्ट पाहुनाहरुलाई निमन्त्रण पठाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्