Logo

बिबीएल: होबर्टविरुद्ध सन्दीप सम्मिलित मेलबर्न पहिला बलिङ गर्दै



Spread the love

१४ पुस, काठमाडौं ।अस्ट्रेलियामा जारी बिग बास लिग(बिबीएल) क्रिकेटमा सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्सविरुद्ध बलिङ गर्दैछ । मेलबर्नले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो ।

सुरुका दुई खेल जितेको मेलबर्न यस अघिको खेलमा एडिलेड स्ट्राइकर्सविरुद्ध पराजित भएको थियो। सन्दीप लगातार चौथो खेलमा टोलीमा छन्।

गत सिजनबाट बिग बासमा आबद्ध नेपाली युवा लेगस्पिनर सन्दीपले ३ खेल सकिँदासम्म ३ विकेट लिएका छन् । प्रत्येक खेलमा १–१ विकेट लिएका थिए । यसअघि तेस्रो खेलमा हार व्यहोरे पनि सन्दीपले १ विकेट लिँदै उत्कृष्ट बलिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्