Logo

ए डिभिजन लिग: सोमिडको निर्णायक गोलमा मछिन्द्र विजयी



Spread the love

१४ पुस, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लबले न्यू रोड टिम (एनआरटि) लाई १-० ले पराजित गरेको छ ।

मच्छिन्द्रको जितमा एडिलाजा सोमिडेले ९० औं मिनेटमा निर्णायक गोल गरे । एडिलाजाले हेड गोल गर्दै मच्छिन्द्रलाई जिताएका थिए ।

यस जितसँगै अपराजित रहेको मछिन्द्रले ४ खेलमा ३ जित र १ हारसहित कुल ९ अंक जोडेको छ । अघिल्लो सिजन अंक तालिकाको रेलिगेसन क्षेत्रमा रहेका कारण मछिन्द्रको १ अंक घटाइएको थियो । यस्तै एनआरटिको ४ खेलमा ४ खेलमा २ जित र २ हारसँगै ४ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्