Logo

यज्ञराज बुढाथोकीको दशै मार्मिक गित बजारमा (भिडियो सहित)



Spread the love

हिन्दुहरुको महान चार्ड दशैं र तिहार नजिकै आईसकेको छ ।दशैं तिहार लक्षित गरी बिभिन्न गीतहरु पनि बजारमा आईसकेका छन् र आउने क्रम जारी नै छ ।घर देखि बाहिर र देश देखि बाहिर हुनेहरु कतिपय घर आईसकेका छन् । साहुले तलब नदिएर वा बाटो खर्च नभएर बर्ष दिनको चार्ड मान्न घर आउन नपाउनेहरु पनि प्रशस्तै छन् ।

आफ्नो परिवार छोडेर विदेशीनु परेको पिडा एक तिर छ । गरिवीको कारण विदेशिनुको पिडा, त्यस माथि पनि बर्ष दिनको चाड आफ्नो परिवार संग बसेर मनाउन नपाउदा कसको पो मन रुदैन र ? साहुको ऋणको भारी बोकेर गएका युवा हुन अथवा धेरै धन कमाएर मिठो खाई राम्रो लगाउने आशामा विदेशिएका युवा हुन् दशै तिहार जस्ता चाडबाड सम्झेर रुने गर्दछन् । त्यसमाथि जे सोचेर गएको हो त्यो नभईदिदा र घर आउने मन हुदाहुदै पनि खर्च नपुग्दाको पिडा कस्तो हुन्छ त ? यिनै विषय बस्तुलाई समेटेर गायक यज्ञराज बुढाथोकीले एउटा मार्मिक गित बजारमा ल्याएका छन् ।जसमा बर्षदिनको चाड दशैमा घर आउन मन हुदाहुदै पनि खर्च नपुगेर विलौना गरेका युवाको कथा समेटिएको छ ।

बडा दशैं तथा दिपावलिको शुभकामना सहित म्युजिक ब्याङ्क नेपालको प्रस्तुतिमा यज्ञराज बुढाथोकीको दशैं गित ”नभन्नु है छोरा आएन” बजारमा सार्बजनिक भएको छ ।बहुचर्चित गायक यज्ञराज बुढाथोकीको एकल स्वर रहेको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । जसमा लय शब्द यज्ञराज बुढाथोकीको रहेको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/M8T9Y-lOpJY

प्रतिक्रिया दिनुहोस्