Logo

चलचित्र ‘लभ डायरिज’मा सुशील र टिक टक क्विन प्रिन्सी र प्रिज्मा ‘छम छम’ (भिडियो)



Spread the love

यहि फागुन २ रिलिज हुन लागेको चलचित्र ‘लभ डायरिज’को नयाँ गीत ‘छम छम’ सार्वजनिक भएको छ । पछिल्लो समय निकै चर्चामा रहेकी बलगायक कमला घिमिरेको साथमा सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको छ ।

गीतमा नायक सुशील श्रेष्ठको साथमा टिक टक क्विन प्रिन्सी र प्रिज्मा खतिवडा देखिएका छन् । गीतमा चर्चित गायक तथा संगीतकार अर्जुन पोखरेलकै शब्द, संगीत तथा संगीत संयोजन गरेका छन् ।

उक्त चलचित्रको मुख्य भूमिकामा सुशील र अलावा विश्व जित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । शाहील खान सह-निर्देशकको रूपमा रहेका छन् ।

विनोद सापकोटा निर्माताको रूपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो : 

https://youtu.be/Z1SkwOAZQfQ

प्रतिक्रिया दिनुहोस्