Logo

प्रिमियर लिगमा अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो



Spread the love

१७ पुस, काठमाडौं । लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ । चेल्सी ब्राइटनसँग उसकै मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।

ब्राइटनको मैदानमा खेलको १०औं मिनेटमा कप्तान सेजर एज्पीलिक्वेटाको गोलमार्फत खेलमा चेल्सीले अग्रता लिएको थियो । तर, चेल्सी अन्तिम ६ मिनेट सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो । ८४औं मिनेटमा अलिरेजा जहानबक्हसले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीले २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । २४ अंक जोडेको ब्राइटन १३औं स्थानमा रहेको छ ।अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई २–१ गोल अन्तरले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्