Logo

प्रिमियर लिग: आर्सनलसँग युनाइटेड स्तब्ध



Spread the love

१७ पुस, काठमाडौं । लन्डन क्लब आर्सनलले प्रिमियर लिगमा बुधबार राति म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले घरेलु मैदानमा युनाइटेडमाथि २–० को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेमला आर्सनललाई जित दिलाउन निकोलस पेपे र सोकिर्टिसले एक–एक गोल गरे । आर्सनलले दुबै गोल पहिलो हाफमा गरेको हो । खेलको आठौं मिनेटमा नै पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा सोक्राटिससले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० ले अघि बढाए । पहिलो हाफमा २–० ले पछि परेपछि युनाइटेडले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितपछि आर्सनल २१ खेलबाट २७ अंक जोडेर १०औं स्थानमा उक्लदा युनाइटेड समान खेलबाटै ३१ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्