Logo

प्रिमियर लिग: जेससको गोलमा सिटीको सहज जित



Spread the love

१७ पुस, काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई पराजित गरेको छ । सिटीले एभर्टनलाई २–१ ले पराजित गरेको हो ।

इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीले १३औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता पाएन । फिल फोडेनले गोल गरेपनि उनी अफसाइड ठहरिए । ५१औं मिनेट इल्केए गुन्डोगानको पासमा जेसलले गोल गर्दै सिटीलाई १–० ले अग्रता दिलाए बढाए । ५८औं मिनेटमा रियाद महारेजको पासमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ७१औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने संकेत दिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सिटीले २–१ को जित निकाल्यो ।

जितपछि सिटी ४४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा एभर्टन २५ अंकसहित ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्