Logo

वर्षाको ‘मलमल सारी’को पछाडी पल र यूवराज (भिडियोमा)



Spread the love

युवा पुस्ताले निकै नै रुचाएका नायक तथा नायिका  हुन्-पल शाह र वर्षा राउत । गायक यूवराज चौलागाँइको स्वरमा रहेको ‘मलमल सारी’ बोलको गीत सार्वजनिक भएको छ । गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्दरहेको गीतमा गायक यूवराजले नै संगीत भरेका छन् ।

भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज चौलागाई फिचर्ड छन् । उक्त गीतले एक यूवतीको मलमल सारी र सुन्दरताको बयान गरेको छ । गीतको भिडियोमा मोडल पल शाह, वर्षा राउत र यूवराज चौलागाइले नै मोडलिङ गरेका छन् ।

भिडियोलाई दीपक राज सुनारले कोरियोग्राफी गरेका हुन् । सुदिप बरालद्वारा छायांकन गरेको भिडियोलाई अर्जुन जी.सीले सम्पादन गरेका छन् । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन्।

हेर्नुहोस् भिडियो :

https://youtu.be/MfjG62IzOv4

प्रतिक्रिया दिनुहोस्