Logo

पुस १९ गते शनिबार, भोलीको राशीफल कस्तो छ त तपाइको भाग्य



Spread the love

 

भोली मिति २०७६ साल पुस १९ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ।। तपाईहरूको दिन शुभ रहोस्।

मेष – वैदेशिक यात्राको अवसर मिल्नेछ ।परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले पनि खर्च बढाउनेछ। लोकाचारका लागि भोगविलासका अनावश्यक वस्तु जुटाउनुपर्ला।

वृष –  , प्रेम र मित्रताको बन्धन कसिन सक्छ।मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मनमा द्विविधा बढ्नेछ ।

मिथुन – रोजगार प्राप्त हुनेछ , नेतृत्व क्षमता बढ्नेछ । व्यापारमा विचलन आउनेछ। आध्यात्मिक चिन्तन बढ्नेछ । स्वास्थ्य सामान्य रहनेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ ।

कर्कट – दैनिक कार्यमा सुधार आउनेछ । मित्रको सहयोग मिल्नेछ । हर्ष बढ्नेछमन अस्थिर रहनेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । सामाजिक क्षेत्रमा सुधार आउनेछ । विवाद बढ्नेछ ।

सिंह – मनोरञ्जनमा खर्च बढ्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । धन आर्जन हुनेछ । नैतिकतामाथि आक्षेप लाग्न सक्छ । बुद्धि बढ्नेछ ।

कन्या – पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सोखले खर्चको मात्रा भने बढाउन सक्छ।रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

तुला – नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।संगीतमा रुचि बढ्नेछ । धार्मिक कार्य हुनेछन् । बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ । प्रेममा सफल हुनेछ । बुद्धि बढ्नेछ ।

वृश्चिक – कार्यमा बाधा उत्पन्न हुनेछ । मन विचलित रहनेछ । सञ्चित धन खर्च हुनेछ । अध्ययन सफल रहनेछ । हर्ष बढ्नेछ । आर्थिक लेनदेनमा विवाद उत्पन्न हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।आय आर्जन सामान्य रहनेछ ।

धनु – सामाजिक प्रभाव बढ्नेछ । खर्च बढ्नेछ ।न्यायिक क्षेत्र सफल हुनेछ । व्यवसाय सामान्य रहनेछ । शारीरिक थकान बढ्नेछ । आकस्मिक धन प्राप्ति हुनेछ । हर्ष बढ्नेछ ।

मकर – स्वास्थ्यमा सुधार आउनेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।

कुम्भ – आत्मविश्वास बढ्नेछ । कार्य सफल हुनेछन् । शत्रु सवल रहनेछन् । मनमा चञ्चलता बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । व्यावसायिक परिवर्तन हुनेछ । व्ययको अधिकता रहनेछ । कान्ति क्षय हुनेछ । यात्रा हुनेछ ।

मीन – व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। विवाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । राजनीतिक अपवाद लाग्न सक्छ । आकस्मिक धन खर्च हुनेछ । मित्र भेट होला ।

प्रतिक्रिया दिनुहोस्