Logo

संसारको सबैभन्दा महँगो चिया जसको मूल्य १३ करोड



Spread the love

चिया हामीमाझ यति लोकप्रिय छ कि हामी दिनको सुरुवात होस् या अतिथीहरुको सत्कारमा र यसैको बहाना बनाएर साथीहरुसँग भेटघाट र रमाइलो गर्छौं । यस्तो लाग्छ कि चियाबिना हाम्रो जीवन नै अधुरो छ । साधारणतया मानिसहरुले एक वा दुई प्रकारका चियामात्रै पिएका हुन्छन् जबकी संसारभरी यसका विभिन्न स्वाद र फ्लेभर पाइन्छन् । आज हामी तपाईंलाई संसारकै महँगो चियाबारे जानकारी दिँदैछौं ।
१. डा–होंग पाओ टीःटी – ब्लूमको एक रिपोर्ट अनुसार चीनको वुइसन इलाकामा एक विशेष खालको चिया पाइन्छ । डा–होंग पाओ टी नामको यो चियालाई संजीवनी बुटी भन्दा गलत हुँदैन । यो चियापत्तीको एक किलोग्रामको १.२ मिलियन डलर अर्थात् करिब १३ करोड रुपैयाँ पर्छ ।
२. पिजी टिप्स डायमण्ड टि ब्यागः यो चिया यसको चियापत्तीका कारण महँगो भएको भने होइन । यो जुन डिजाइनमा आउँछ, त्यसका कारण यो यति धेरै महँगो भएको हो । त्य चियापत्तीको एउटा ब्यागको १५ हजार डलर तिरेपछि तपाईंले एउटा यस्तो टिब्याग पाउनुहुन्छ जसमा २ सय ८० वटा हिरा जडान गरिएका हुन्छन् ।
३. पाण्डा डुङ्ग टिः पाण्डा डुङ्ग टि संसारको सबैभन्दा महँगो चियामा समावेश छ । एक किलोग्राम यो चियापत्तीको ७० हजार डलर करिब ७९ लाख रुपैयाँ पर्छ ।
४. भिन्टेज नार्सिससः यो चियाको चकलेटी, फूल र काठको जस्तै स्वाद आउने बताइन्छ । यो चियापत्तीको एक किलोग्रामको तौल ६ हजार पाँच सय डलर करिब ७ लाख ३५ हजार पर्छ ।
५. एल्लो गोल्ड टि बड्सः यो चिया निकै दुर्लभ छ किनभने यसको खेती एक वर्षमा एकपटक मात्रै गरिन्छ । यो दुर्लभ चियापत्तीको प्रतिकिलो मूल्य ३ हजार डलर करिब तीन लाख रुपैयाँ पर्छ ।
६. टाइगुयानयिन टीः यो चिया हरियो र कलो चियापत्तीको मिश्रणले बनेको छ । यसको चियापत्तीलाई कटुसको जस्तो स्वाद निकाल्न गुन्द्रुक झैं गाडिएर राखिन्छ । यसको रुख फुजियान प्रान्तको सबैभन्दा अग्ला पहाडमा हुर्काइन्छ । यो चियापत्तीको प्रतिकिलो मूल्य तीन हजार डलर करिब तीन लाख रुपैयाँ पर्छ । यो चियापत्तीले लगातार सात पटकसम्म चिया बनाउन सकिन्छ ।
७. पु–पु पु–अर्ह टिः यो चियाको अवधारणा १८ औं शताब्दीमा विकसित गरिएको थियो । यो चिया बनाउनका लागि पातको नभई जनावरको मल प्रयोग गरिन्छ । ताइवानका किसानले किराको मल जम्मा गरेर यो चियापत्ती तयार गर्छन् । यो चियापत्तिको प्रतिकिलो एक हजार डलर करिब एक लाख रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्