Logo

सहिद स्मारक ए डिभिजन लिग: जावलाखेल र एनआरटिको खेल बराबरीमा टुंगियो



Spread the love

२१ पुस, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटि) बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

दशरथ रंगशालामा सोमबार भएको पाँचौ चरणको पहिलो खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा दुवै टिमले १/१ अंक बाँडेका छन्। यो सँगै जावलाखेल युथ क्लवको ९ अंक भएको छ भने एनआरटीको ५ अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्