Logo

मन्‍त्री भट्टराई भन्छन् , ‘अस्ट्रेलियामा भ्रमण वर्षको कार्यक्रम रोकिएको हल्ला निराधार ‘



Spread the love

२२ पुस, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको रोकिएको कार्यक्रम म‌ंगलबार बिहान सम्पन्न भएको मन्त्री भट्टराईले जनाएका छन् । अस्ट्रेलियास्थित नेपाली समुदायबाट सञ्‍चालित अनलाईनहरुले भने सुरक्षा प्रशासनले र्‍याली मात्रै रोकेको जनाएका हुन् ।

मन्त्री भट्टराईले भने नेपाल भ्रमण वर्षको कार्यक्रम नरोकिएको बताएका छन् । कार्यक्रम रोकिएको भन्ने हल्ला ‘निराधार’ रहेको उनले बताए।

‘न्यू साउथ वेल्स’ स्टेटका सभामुखसहित अस्ट्रेलियाका सत्तापक्षी र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रम सम्पन्न भएको मन्त्री भट्टराईले जानकारी दिए।

नेपाली राजदूतावासको आयोजना गरेको र एनआरएनए लगायतका संघ संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम सम्पन्न भएको उनले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्