Logo

चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत सार्वजनिक(भिडियो)



Spread the love

अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत सार्वजनिक भएको छ । केही समय अघि ‘रुमाल चिनो देउ’बोलको गीत सार्वजनिक भएसँगै यतिबेला स्याड भर्सनको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा बानीका प्रधानको स्वर रहेको छ भने सुरेश अधिकारिको शब्द र संगीत रहेको छ ।

झण्डै आठ वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् भने निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् । संजय लामाको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ।चलचित्र यहि कार्तिक २ गते अर्थात लक्ष्मीपूजाबाट देशभर एकैसाथ प्रदर्शन हुदैछ ।

हेर्नुहोस भिडियो:

https://youtu.be/z77drRxrF5Q

प्रतिक्रिया दिनुहोस्