Logo

कारवाओ कप: युनाइटेडको मैदानमा सिटीको प्रभावशाली जित



Spread the love

२३ पुस, काठमाडौं । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टर डर्वी भिडन्तमा युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो ।

ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउने क्रममा बर्नाडो सिल्भा र रियाद महारजेले गोल गरे । एक गोल उपहार पाएको थियो । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए ।

१७औँ मिनेटमा सिल्भाले केल वाल्करको पासमा गोल गर्दै डिफेन्डिङ च्याम्पियनलाई अग्रता दिलाएका थिए । ३३औँ मिनेटमा मेहरेजले गोल गरे भने ३८औँ मिनेटमा सिटीले आत्मघाती गोल उपहार पायो । पहिलो हाफमा तीन गोलको अग्रता लिएको सिटीले गोल गर्ने अझै धेरै अवसर गुमाएको थियो । ७०औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सिटी ३–१ ले विजयी भयो ।

लेस्टर सिटी र एस्टन भिल्लाबीचको अर्काे सेमिफाइनल खेल आज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्