Logo

‘ए’ डिभिजन लिग: थ्रीस्टारले ब्रिगेड ब्वाइजको सामना गर्दा पुलिसलाई च्यासलको चुनौती



Spread the love

२३ पुस, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार २ खेल हुँदैछ। काठमाडौँको दशरथ रगंशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज र रुस्लान थ्रीस्टार क्लब आमने सामने हुनेछ । खेल मध्यान १२ बजेपश्चात सुरु हुनेछ।

आजको खेलमा दुवै टोलि जित निकाल्ने रणनीतिका साथ मैदान उत्रनेछन्। चौथो चरणको खेल सकिदासम्म थ्रीस्टार छैटौं र ब्रिगेड सातौं स्थानमा छ।

यस्तै, आजै ३ बजे पछि हुने अर्को खेलमा च्यासल युथ क्लव र विभागीय नेपाल पुलिस क्लवबीच प्रतिस्पर्धा हुँदैछ। पछिल्लो समय लयमा रहेको पुलिस च्यासललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लने योजनामा छ। पुलिसले २ मा जित १ मा हार र १ मा बराबरी गरेको छ।

पछिल्ला २ खेलमा पराजित भएको च्यासल लय समात्ने योजनाका साथ मैैदान उत्रनेछ। खेलेका ४ मध्ये १ खेलमा मात्र जित हात पारेको च्यासलले २ मा हार र १ मा बराबरी गरेको छ।

प्रतिक्रिया दिनुहोस्