Logo

बिग बास: सन्दीप सम्मिलत मेलबर्नले आज सिड्नी थन्डरको सामना गर्दै



Spread the love

२३ पुस, काठमाडौं । जारी बिग बास लिग (बीबीएल) अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले आज सिड्नी थन्डरको सामना गर्दैछ । मेलबर्नको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः५५ मा सुरु हुनेछ ।

लिगमा ६ खेल खेलेको मेलबर्न पाँच जित र एक हारसँगै शीर्ष स्थानमा रहेको छ । सिड्नी भने ७ अंकसाथ चौथो स्थानमा छ ।

आजको खेलमा सन्दीपले खेल्ने सम्भावना लगभग पक्का छ । सन्दीपले पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्