Logo

बिग ब्यास: सिड्नी थन्डरद्वारा मेलबर्न स्टार्ससामु १ सय ४६ रनको लक्ष्य प्रस्तुत



Spread the love

२३ पुस, काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा सिड्नी थन्डरले मेलबर्न स्टार्सलाई १ सय ४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको सिड्नीले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ४५ रन बनायो ।

सिड्नीका म्याथ्यु गिल्क्सले ३५ बलको सामना गर्दै ४१ रन जोड्दा कलुम फग्र्यसनले २७ बलमा ३५ रनको गोगदान दिए । त्यस्तै , ओपनर उस्मान खवाजा ३३ र एलेक्स हक्सले २६ रनको योगदान दिए ।

पाकिस्तानका तीब्र गतिका बलर हरिस रउफले अन्तिम ओभरको दोस्रो बलमा गिल्क्स, तेस्रोमा फर्ग्यूसन र चौथोमा डानिय स्याम्स लाई आउट गर्दै ह्यार्टिक पुरा गरेका थिए । हरिस रउफले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३९ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । एडम जम्पा र नाथन कुल्टर नाइलले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्