Logo

अविनाश थापाको ‘छोटेलुदी सुसारे गाउँ’ सार्वजनिक (भिडियोमा)



Spread the love

गायिका अन्जना गुरुङ र गायक गणेश गुरुङको स्वरमा रहेको नयाँ गीत ‘छोटेलुदी सुसारे गाउँ’ म्युजिक भिडियो  युट्युब मार्फत सार्वजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा मनोज थापा मगर, राम कुमार थापा मगर, सचिन थापा, लिला थापा मगर, सगुन थापा मगर लगाएतका कलाकारको अभिनय रहेको छ ।

उक्त गीत गोरखाको मौलिक पहिचानलाई झल्काउदै स्थानीय लोपोन्मुख कला संस्कृतिको पहिचान गरेको संगीतकार अविनाश थापाले बताएका छन् ।

अविनाश थापालेसंगीत भरेको गीतमा गणेश गुरुङले शब्द दिएका छन् ।मधुर बस्नेतद्वारा छायांकन भएको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोलाई दिप गुरुङले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/-A5-AAFPSHQ

प्रतिक्रिया दिनुहोस्