Logo

विजयले चलचित्र ‘थलपथी ६५’ मा लिए सय करोड पारिश्रमिक ?



Spread the love

युवा पुस्त मझ धेरै चर्चा परिचर्चा बटुल्न सफल अभिनेता हुन्- विजय । उनले अभिनय गरेका अधिकांश चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गर्यो । यसैले पनि तमिल चलचित्रका निर्माता विजयलाई चलचित्रमा लिनका लागि हानथाप गर्ने गर्छन् ।

एक चलचित्रका लागि निकै नै महंगो पारिश्रमिक लिएको खबर सार्वजनिक भएको छ । रिपोर्टहरुका अनुसार विजयले चलचित्र ‘थलपथी ६५’ का लागि सन पिक्चर्ससँग एक सय करोडमा सम्झौता गरेका छन् । तर, यसबारे अहिलेसम्म आधिकारिक घोषणा भइसकेको छैन ।

यसअघि नायक रजनीकान्तले चलचित्र ‘दरबार’का लागि ९० करोड पारिश्रमिक लिएको चर्चा थियो । सन पिक्चर्सले निर्माण गर्न लागेको चलचित्रमा महंगो पारिश्रमिक लिएसँगै विजयको चर्चा चुलिएको छ ।

Related image

सन पिक्चर्सले विजयलार्य ५० करोड रुपैयाँ दिइसकेको छ । यो चलचित्रका लागि वेत्रिमारनलाई निर्देशकको रुपमा लिने तयारी सन पिक्चर्सको छ । विजय अहिले चलचित्र ‘मास्टर’को छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्