Logo

भारतीय बजारमा नयाँ प्याज आएपश्चात नेपाली बजारमा पनि घट्यो मूल्य



Spread the love

२४ पुस, काठमाडौं । केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भए यता त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो।

बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतीय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ।

कालीमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठले भारतीय बजारमा प्याजको मूल्य कम भएकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको बताए।

एसियाकै सबभन्दा बढी प्याजको उत्पादन हुने नासिक, गुजरात तथा राजस्थानमा नयाँ प्याजको उत्पादन भएको छ। भारतीय संचार माध्यमकाअनुसार यी ठाउँबाट प्याजको आपूर्ति दुई गुणासम्मले बढेको छ। संचार माध्यमहरूले थोक प्याजको मूल्य केही दिनमै ३० भारुसम्म पुग्नसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्