Logo

सावधान ! तपाईको यस्तो नराम्रो बानीहरुले बिग्रन सक्छ मिर्गौला !



Spread the love

मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये मृगौला पनि एक हो । विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने र शरीरलाई स्वस्थ राख्ने विशिष्ट अंग हो यो । मृगौलाले रगतको माध्यमबाट शरीरको लागि चाहिने खनिजहरु सोस्ने, बढी भएको पानीलाई फ्याँक्ने र रगतको पीएच स्तरलाई ठीक्कको अवस्थामा राख्ने काम गररहेको हुन्छ ।

मृगौलाले सही ढंगले काम गर्न सकेन भने विभिन्न खाले स्वास्थ्य समस्याहरु पैदा हुन थाल्छ । यस अर्थमा पनि मृगौलालाई हामीले विशेष ख्याल गर्नैपर्छ ।
-पर्याप्त मात्रामा पानी नपिउनु: मृगौलाले रगतलाई छान्ने र त्यसमा भएका विकारहरुलाई हटाउने हुनाले हामीले पर्याप्त मात्रामा पानी पिउने बानी गर्नुपर्छ । हामीले पर्याप्त मात्रामा पानी पिएनौं भने हामीलाई जलविनियोजन अर्थात् डिहाइड्रेसन हुन्छ, जसको सोझो असर भनेको मृगौलाले रगतलाई राम्ररी छान्न पाउँदैन र रगतमा विषाक्तता बढ्न जान्छ ।
– जथाभावी पीडानाशक औषधीको प्रयोग: तनाव, भागदौड र प्रदूषणले जेलिएको आधुनिक जीवनशैलीको सहउत्पादनको रुपमा विभिन्न थरिका पीडाहरु पैदा हुने गर्छ र त्यसबाट सजिलै छुटकारा पाउने विधि भनेको पीडानाशक औषधीको सेवन बन्ने गरेको छ । त्यस्ता औषधीले तत्कालै त पीडाबाट राहत देला तर त्यसले मृगौलालाई चाहिँ बिस्तारै हानि पुर्याउदै जान्छ ।
– नूनको धेरै प्रयोग : नून सामान्यतः एउटा मानिसलाई चाहिने मात्रामा प्राकृतिक रुपमै भोजनहरुबाट प्राप्त हुने गर्छ । तर हामी खानेकुरालाई स्वादिलो बनाउनको लागि शरीरको लागि चाहिने मात्रामा भन्दा पनि बढी नून खाने गर्छौं । तर धेरै मात्रामा नून खाने बानीले खालि मृगौलालाई भार पारिदिन्छ र जसलको नतिजा हानिकारक बन्न सक्छ।
– लामो समयसम्म पिसाब रोक्नु: धेरै जसो मानिसहरु पिसाब फेर्ने ठाउँ नपाएर, अल्छी गरेर वा कामको व्यस्तताका कारण लामो समयसम्म पिसाब रोक्ने गर्छ । यो बानी चाहिँ मृगौलाको लागि अत्यन्तै खराब हो । तर मृगौलालाई जोगाउने हो र स्वस्थ राख्ने हो भने जतिसुकै व्यस्त भएपनि अल्छी नगरिकनै पिसाब लाग्नेबित्तिकै फेर्ने बानी गर्नुपर्छ ।
-अत्यधिक गुलियोको सेवन: अत्यधिक गुलियोका सेवनले अनिवार्य रुपमा निम्त्याउने अवस्था भनेको मोटोपन नै हो । बताइबस्नु जरुरी छैन कि मोटोपन भनेको मधुमेह र उच्च रक्तचापलाई निम्तोपत्र बाँड्ने खतरनाक अवस्था पनि हो । अर्थात् अनावश्यक मोटोपन बढ्दै जाँदा त्यसले मधुमेह लाग्ने र उच्च रक्तचाप हुने खतरा पनि निम्त्याइदिन्छ ।
-पर्याप्त मात्रामा नसुत्नु: सुत्नु स्वास्थ्यको लागि र मृगौलाको लागि अति जरुरी छ । सामान्यतः ६ देखि ८ घण्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक मानिन्छ । हामीले पर्याप्त मात्रामा सुतेनौं भने उच्च रक्तचाप तथा रक्तधमनीहरुमा अवरोध आउने खतरा हुन्छ । यो भनेको फेरि पनि मृगौलामा जटील समस्याहरु पैदा हुने अवस्था सिर्जना हुनु नै हो ।

प्रतिक्रिया दिनुहोस्